दीपा शार्मा
डाक्टरको रगत परिक्षणको रिपोर्टसँगै बधाईका पात्र बनेका यी दम्पतीको जीवनचर्या करीव अवको नौ महिना आफनो कामसँगै अर्को दायित्वको अनुभव भै राखेको छ । प्रयासरत छन् उनीहरु सुखमय दाम्पत्य जीवनको गुजारा चलाउनका लागि ।आफुुलाई भन्दा वढी यो अवधीमा वजार जाँदा होस वा किनमेल गर्दा सानो केहि वस्तु देख्ने वित्तिकै सानो वच्चाको लागि सोच्ने वा किन्ने वा योजना वनाउने यस्तै गरि वित्तै थियो दिन हप्ता र महिनाहरु …। लामो समयको प्रतिक्षा, खुशी, उत्साह, उमंगसँग जोडिएको वेदनाले भरिएको त्यो क्षणको आवागम भएको थियो उनीहरुको जिन्दगीमा । करिव दश महिनाको समयको पर्खाईसँगै आज उनीहरुसँग नया सदस्यको यस धर्तीमा सवारी हँुदैछ । उनीहरु चिकित्सकको सल्लाह वमोजिम नैअस्पतालमा भर्ना हुन जान्छन् । सवै परिवार आफन्तजनको वधाइमा धन्यवाद दिदाँ दिँदा हैरान हुन्छ। उ हरेक नारीले पुुरुषजातीलाई चेतावनी दिईआइरहेका छन् एक पटक आमा वनेर हेर त्यो आमा वनेको क्षणको प्रसव पीडा मात्र नारीको भोगाइ हुन्छ तर ऊ सोच्छ यो गलत हो किनकी उसको मन भने थोरै खुशी छ, अनि वढि दुखि, हुन त उसले प्रसव पीडा भोगेको छैन, उ चिनजान नै नभएको त्यो आउनेवाल सदस्यको त्यती खासै महत्व राख्दैन किनकी वर्षौदेखि जीवन विताइरहेकी अर्धागिनीको अवस्थावारे उ अत्यन्तै चिन्तित छ । हो सन्तान सुख प्रतिको पृथ्वीका कुन चराचर जगत खुशी नहोला । तर उसलाई आज महसुस हुन्छ पत्नीप्रतिको माया ममता । सारा जगत अत्यन्तै हर्षित हुने यो क्षणमा किन उसमा अल्प खुशी मात्र छ। यसको मतलव उ सन्तान पे्रमी नै नभएको भने अवश्य होईन । उ त त्यो पीडाको कल्पना गर्दै थियो जुन
तुरुन्तै पत्नीले भोग्दै थिई । शरीर पातलो सानो चेडा भएको कारण पनि त्यो प्रकृया त्यती सजिलो महशुस भै राखेको थिएन स्वय उनैलाई पनि । करीव नौ महिनाको यो समयमा अलिकती धपेडी हुँदा वा जानी नजानी गाली गर्दा, वलको काम गर्दा होस वा केहि उचाईमा चडेको वेला होस हरेक प्रकारले के खाई के खाईन भनी बारम्वार हेरचाह गरेको फल त पाउनै लागेको हो । तर तर त्यो पनि एउटा भयानक परिक्षा पछि हो यो यहि प्रसव पीडा उफ ।
प्रसवको लामो पीडापछि थाह हुन्छ अपरेसनको कुरा त्यो पनि बच्चाको धड्कन कम भैसकेकोले आकस्मिक अपरेसन। अपरेसन आखिर एउटा मृत्युसँगको जुधाई भनौ एक प्रकारले नया जीवनको प्राप्ती नै
हो । दुवैले एक अर्कालाई भेट्न पाएका थिएनन् । मनभरीका दुःख तथा वेदना साटासाट गर्न पाएका थिएनन् । सँगै वाच्ने सँगे मर्ने प्रतिज्ञा गरेका उनीहरु दुुवैले आज यो पीडामा एक आपसमा एक्लो महसुस गरिराखेका थिए । मानसिक हिसावले तयार नभएकाले मुटुमा भक्कानो छुटिराखेको थियो गाँठो परिराखेको थियो । केटी मान्छे रुन सजीलो छ तर तर उ केटा समाजले के भन्ला ? वेहुली हुँदा र अन्मिीने वेलामा श्रीमती रोएको देख्दा मनभरी हुने उसलाई आज अपरेसनका लागि लिएर जाँदा के हुन्छ होला ? मनभरी अनी एक आध घण्टा अव मलाई केहि भयो भने यसो गर्नु है यो नानी को हेरचाह गर्नृु है वुढा वा आमाको ख्याल गर्नु है अर्काे जन्ममा मान्छे भएर जन्मे भने तपाईकै पत्नी हुन पाउँ है वा म मरेपछि अर्को विवाह गर्नु है यस्तै यस्तै उसलाई पनि धैर्य गर सवे ठिक हुनेछ, त्यसो नभन यस्तै भलाकुसारीमा समय विताउने इच्छा त थियो होला त्यो दम्पत्तीमा । तर…. …. उफ …. …. केही भन्न नपाउँदैमा मृत्युको जिम्मा लिने कागज उसका सामु आउँछ । उसले मञ्जुरीनामा दिनुछ सद्दे मान्छेलाई कालको
मुखवाट छिराएर निकाल्नलाई त्यो पनि संसारको सवेभन्दा प्रिय मान्छेको । उसलाई लाग्छ मेरो प्रिय मान्छेको त्यो विभत्सता म कसरी जिम्मा लिन सक्छु । मलाई चाइदैन केहि चाईदैन मलाई मेरी प्यारी पत्नी चाहिन्छ बस १ अफसोच उसको अगाडी अरु कुनै वाटो नै छैन पत्नीलाई वचाउनका लागि मुटुमाथि ढुंगा राखी आँखा चिम्म गरेर हात कमाउँदै मञ्जुरी दिन्छ उसले । अझसम्म पनि उसको मनमा बच्चाको माया ममता त्यती प्रगाढ भने देखिदैन । उ व्यस्त छ भगवान सम्झन, प्रार्थना र कालो वोको र कुखराको वली दिने भाकल गर्न अनि चिनेजानेकालाई प्रसाद चढादिनु है भन्न । करीव दश मिनेटको अन्तरालमा अपरेसन थिएटरमा लान्छ । अनुहार नै नहेरी आँखा चिम्म गर्दै भित्रैसम्म पुरयाएर आसु पुछ्दै फनक्क फर्कन्छ उ । छटपटाउँछ, वोल्दैन, हास्दैन, वस्दैन, करीब वीस मिनेट यहि प्रकृया दोहोरीराख्छ । यसवेला वास्तविक प्रसव पीडा उसलाई महसुस हुन्छ । अचेतनामा अपरेसनको पीडा भोग्नु भन्दा चेतनामा त्यसको महसुस गर्नु पीडादायक हुदोरहेछ, जुन उसले भोगिराखेको थियो त्यो अपरेसन थिएटर वाहिर । अचानक भित्रवाट च्याँर्रर…. बच्चा रोएको आवाज आउँछ अलिकती सजिलो महशुस गर्छ । फेरी पनि उस्तै …. यस्तै …. करीव तीन मिनेट पछि बच्चा लिएर नर्सहरु वधाई छोरी भएको छ भन्दै ढोकामा वच्चा लिएर आउँदा हुत्तिदैं …. ….आत्तिदै …. …. एकै सासमा …. …. डरभरिको आवाजमा उसले अकमकाउँदै
…. …. उसले सोध्छ ब …. ब …. बच्चाको …. …. आमालाई कस्तो छ ??? एकदम ठिक छ भन्ने उत्तर आएपछि बल्ल उसले बच्चालाई आसुभरी मुटुभरी लिएर अँगाल्छ माया गर्छ मुटुमा राख्छ, मानौ उ साच्चै नै उसैको प्रतिक्षामा थियो …. बस मात्र उसैको प्रतिक्षामा …. ।
