• मङ्ल, मंसिर १०, २०८२
    Tue, November 25, 2025
  • मङ्ल, मंसिर १०, २०८२
    Tue, November 25, 2025
Articles
December 12

एक्सपर्ट जिएफसी कपको उपाधी सिम्रिक फूटबल क्लबलाइ

Author
The Nirekha Times

 

पाँच वर्ष अघि फुटबलप्रेमी यवुाहरुले ब्रिसवेनमा स्थापना गरेको सिम्रिक फुटबल क्लबले यो वर्ष कोरोना कहरका बिचपनि लोभलाग्दो उपलब्धी हात पारेकोछ । फुटबल खेलमा मात्र सिमित नभएर नेपाली समाजलाई पनि एकिकृत गर्ने उद्देश्यले गैरनाफामलुक सस्ंथाको रुपमा २०१६ मा स्थापित यस क्लबले स्थापनाको छोटो अवधि मै क्विन्सल्यान्ड फुटबलले आयोजना गर्ने गरेको क्विन्स्ल्यान्ड कम्यनिुनिटि लिग (ह्वाइट)को प्रिमियर उपाधी जितको हो ।

हालै सम्पन्न ब्रिसवेनस्थित गोर्खा फुटबल क्लबले आयोजना गरेको एक्सपर्ट जिएफसी कपको उपाधी सिम्रिक फुटबल क्लबले हात पारेको छ । क्लबले नगद तीन हजार डलर सहित उपाधिको कप प्राप्त गरेको हो ।

यहि सेप्टम्बर १९ मा मेन्सफिल्ड स्थित फुटबल मैदानमा नाइन ए साइड प्रतियोगितामा भाग लिएका नेपाली क्लबहरुविच भएको प्रतिस्पर्धामा समूह पहिलो चरणदेखि फाइनलको यात्रासम्म बिना कुनै हार सिम्रिक क्लबले उपाधि हात पारेको हो । प्रतियोगितामा ब्रिसवेनमा लामो समय नेपालीहरु बिच नयाँ र पुरानो गरी १२ वटा क्लबले भाग लिएकामा चारवटा क्लबको तिनवटा समुह बनाएर प्रतिस्पर्धा गरिएको थियो। समूह ए, बी र सी गरि उत्कृष्ट छानिएको टिमले क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेल खेलेका थिए ।
प्रतियोगितामा बेस्ट गोलकिपर सिम्रिक क्लबका शैलेन्द्र बस्नेत छानिएका थिए भने फाइनल खेलको प्लेयर अफ द म्याच सिम्रिककै नरेन्द्र रावलल जितेका थिए। यसैगरि प्लेयर अफ द टुर्नामेन्ट भने एफ वा एफ सि फुटबल क्लबका रोशनलाई दिइएको थियो। समूह चरणमा डाँफे फुटबल क्लबसँग २–० को पहिलो जित निकालेको क्लबले, दोस्रो जित ३–० गोलकोअन्तरमा रातो र चन्द्र सूर्य क्लबसँग निकालेको थियो। यसैगरि क्वाटफाईनलमा बिएनएफसि माथी १–० को जित हासिल गरेको क्लबले, सेमिफाइनलमा भने पूरा समय १–१ को नतिजा सहित वरावरीमा सकिएको थियोे।

सेमिफाइनलको पेनाल्टि सुटआउटमा ४–३ को अन्तरले जितेपछि फाइनलको यात्रा गरेको सिम्रिकले फाइनलमा भने उपाधिका उपबिजेता एफ वा एफ सिसँग २–० को नतिजा निकाल्दै उपाधी हात पारेको हो । उपबिजेताले नगद एक हजार डलर जितेको थियो । लेण्ड एण्ड लिज रियल स्टेट्स, माइट्स ईन्टरनेसनल र क्विसन्फोर्ड कलेजले प्रायोजन गरेको सिम्रिक फुटबल क्लबलेनेपालीहरु बिच भएको प्रतिस्पर्धामा स्थापना भए यता यो नै पहिलो उपाधी भएपनि, यसै बर्ष फुटबल क्विन्ल्यान्डले आयोजना गरेको कम्युनिटी लिग (ह्वाइट)को पनि प्रिमियर उपाधि जितिसकेको छ ।
यो बर्षको क्यूलिग प्रतियोगितामा खेलेका खेलहरुमध्ये केवल एकमात्र हार बेहोरेको सिम्रिक क्लव फुटबल क्विनस्ल्यान्डको पनि उच्च मल्ुयांकनमा परेको छ । क्लबको अनुशासन र उपलब्धिले उनिहरुलाई पनि उत्साहित बनाएको क्युलिगका अफिसियलहरुको भनाइ रहेको छ । केटाकेटीलाई क्वालिफाइड फुटबल प्रशिक्षकबाट फुटबल खेल्नेर सिक्नेपे्ररणा मिलोस भन्ने उद्लेश्यले खोलिएको सिम्रिक किड्स फुटबल एकेडेमी होस वा नियमित रक्तदानजस्ता कार्यक्रर्यमहरुमा सहभागी भएर, सिम्रिकले आफ्नो सामाजिक उत्तरदायित्वमा ईटा थप्ने काम गरिरहेको छ ।

 

Subscribe to our weekly newsletter

    Give us a follow