
गुगल युगको बिकाससँगै सामुदायिक सञ्चारको अवधारणा महत्वपूर्ण बन्दै आएकोछ । अपनत्व यसको पहिलो विशेषता हो, किनकी यहाँ मेरो खवर छापिने गर्छ । यसमा समावेश हुने समाचार, लेख–रचनाहरु सबै मेरा र हाम्रा हुने गर्छन । निरेखा टाईम्सको सौन्दर्य भनेको नै मेरो लेख, मेरो कथा, मेरो अनुभव, मेरो व्यापार, मेरो व्यवसाय हो ।
निरेखा टाईम्स कुनै व्यापारिक रुपमा नाफा कमाउने उद्देश्यले शुरु गरिएको भेन्चर होईन । यसले बिशुद्ध समाजसेवाको भावनाले ब्रिसवेनका छरिएरहेका रहेका भाषा, साहित्यलाई समेटेर, बहुसाँस्कृतिक समुदायसँग परिचित गराउँदै यसको बिस्तार र सम्वर्धनका लागि दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने काममा प्रमुख भूमिका निवार्ह गर्नेछ ।
दोस्रो पुस्ताको वाध्यता आफनै छ । उनिहरुले आफूलाई बजारमा पूर्ण प्रतिस्पर्धी बनाउन स्थानीय सँस्कृती, परम्परामा हुर्किनु पर्ने हुन्छ, जुन प्रारम्भमा उनिहरुले चयन गरेको हुँदैन । यो त पहिलो पुस्ताले आफनो स्वार्थका लागि उनिहरुमाथि थोपरिएको वाध्यता हो । अझ त्यसमा पनि पहिलो पुस्ताको आकांक्षा दोस्रो पुस्तालाई आफनो सँस्कार, भाषा तथा रहनसहन अंगिकार गर्न बाध्य तुल्याउने प्रवृती कति उचित या अनुचित अत्यन्तै सोचनीय विषय हुँदै आएको छ । यो असम्भवलाई सम्भव बनाउन पहिलो पुस्ताले कुनै न कुनै माध्यमवाट यसको सम्वर्धन गर्न प्रति प्रेरित हुनु अत्यन्तै महत्वपूर्ण हुने रहेछ ।
आफ्नो जिविकोपार्जनका लागि साधन जुटाउने काम बाहेक विविधताले भरिएका मानवजातीसँग विभिन्न सौखहरु हुने गर्दछन् । कसैको खेलकुद प्रति लगाव होला, कसैको गीत संगीत अनि समाज सेवा, कसैको खाना पकाउने र कसैको लेखन प्रति यस्तै असंख्य आवश्यकताहरु कहिले पुरा हुन्छन् त कहिले यत्तिकै थाँती राखी अघि बढ्नु पर्ने वाध्यता हरेकको हुन्छ । स्रोत साधनका कमिले गर्दा विदेशी भूमिमा यस्ता सौखहरु पुरा नभैराखेका उदाहरणहरु प्रसस्त भेटिन्छन् । त्यसैले लेखन क्षेत्रमा सौख पुरा गर्न नसकेका साहित्यपे्रमीहरुका लागि निरेखा अवश्य पनि सौखिन चौतारी हुनसक्छ । हृदयदेखि नै आब्हान गर्छाै, आउनुहोस् यो चौतारीमा सँगै बसेर भाषा र साहित्यको प्रवद्र्धनका लागि संयुक्त प्रयास गरौं । नेपाली भाषालाई स्थानीय बहुसाँसकृतिक समुदायहरुसँग परिचय गराई नेपाली साहित्यका क्षेत्रमा अर्काे इट्टा थप्ने प्रयत्न गरौं, यसका लागि यहाँहरुबाट अवश्य सहयोग मिल्ने नै छ, सँधैभरी सहयोगी मन र हातहरुको प्रतिक्षामा रहनेछौं ।
जे होस, जन्मभूमीबाट टाडा रहेर यो बिरानो भूमिमा आफनो भाषा, सँस्कृतिलाई चिनाउने प्रयास गर्नु हामी सबैको दायित्व नै हुन आउँछ । बिभिन्न माध्यमहरुबाट आफनो सँस्कारलाई विदेशमा हुर्केका दोस्रो पुस्तामा हस्तान्तरण गरी आफनो कला, सहित्य, सँस्कृति र परम्परा जगेर्ना गर्नका लागि सबैले जमर्काे गरेकै हुन्छन् । निरेखा टाईम्स पनि नेपाली भाषा, साहित्यलाई विदेशी भूमिमा चिनाउने र सम्वर्धन गर्ने उद्देश्य लिएर अगाडी बढ्न प्रयत्नरतछ ।
यो पहिलो अङ्क भएकोले हामीले सोचेजति सामाग्रीहरु समावेश गर्न सकेका छैनौ । आगामी दिनहरुमा यहाँहरुको प्रेरणादायी र सकारात्मक सहयोगको पूर्ण आशा राखेका छौं । यसका निम्ति ब्रिसवेनवासीहरुको साथ अत्यन्तै महत्वपूर्ण रहनेछ । यहाँहरुको सद्भावले नै यो अभियानलाई निरन्तरता दिन सकिने छ, त्यसैले निरन्तर सहयोगको अपेक्षा गर्दै पहिलो अङ्क निकाल्न साथदिने सम्पूर्ण हातहरुलाई साधुवाद ।
“जय निरेखा”