सुनिता आचार्य
डिसेम्वर २०१९ सम्मको जिन्दगी खुशी, सुखसँगै बितिराखेको थियो । मेरो श्रीमान तथा सानी छोरी र साथीभाईहरुसँग असाध्यै रमाईलोसँग बितिराखेको थियो । त्यसको लगत्तैपछि जीवनमा अर्काे खुशी थपियो । परिवारमा नयाँ सदस्यको आवागमनको समाचारले निकै नै सुखी तुल्यायो । त्यो खुशीको सीमा नै रहेन । म दोस्रो पटक गर्भवती भएकोले मेरो पहिलो अनुभवमा त्यो यसै पनि सरल थिएन । त्यो खुशीमा अझ सुगन्ध थपियो जतिखेर हामीले परिवारमा दोस्री राजकुमारीको आउँदैछिन भन्ने थाहा भयो । खुशीको सिमा रहेन, आँखा खुशीका आँसुले टलपल भरियोे, मुटु भरी भयो । त्यो समय न त राती राम्रो निन्द्रा आउँथ्यो, न त खाना रुच्थ्यो, गन्ध आउने यस्तै यस्तै । पुरा नौ महिना गयो यहि पीडामा, तर जब छोरी मेरो हातमा परिन ठूलो सास फेर्दै सवै पीडा विर्सेर त्यो विना सर्तको आमाको माया । साँच्चै कता कता अव हाम्रो परिवार पूर्ण भएको महशुस भयो । त्यो वालापनसँग खेल्दै, रमाउँदै गर्दा समय यती चाँडै वित्यो कि यसको कुनै पत्तै भएन ।
करीव सात महिनापछि कता कता मेरो वे्रष्टमा समस्या आएको जस्तो अनुभव भयो । पटक पटक साधारण चेकअप गर्दा नरमल नै आएको भएता पनि कता कता शंखाको घेरामा रहिरह्यो । फेरी हामी डाक्टरको समय लिएर अझ राम्रो परिक्षणका लागि गयांै । विभिन्न परिक्षणहरुपछि थाह भयो कि करीब स्टेज टु को वे्रष्ट क्यान्सर देखियो । हामी छाँगावाट खसे जस्तो भयौं । त्यो दिनदेखि एकप्रकारले मैले वाँच्ने आशा हराईसकेकी थिएँ । कता कता त्यो वेडरुमा म मेरो अनुपस्थितिको कल्पना गर्थे । त्यो लिभिडरुममा साना दुईटा छोरीहरु मेरो अनुपस्थितिमा उनीहरुको वावासँग बसिराखेको कल्पनाले सँधै पिडित हुने गर्थें । केि ह समयका लागि परिवार असाध्यै पीडामा वित्यो । दिमाग शन्ु य थिया,े कससै गँ करु ा गर्न मन नलाग्ने छटपटि हनु ,े काठे ा थनु रे कति पटक डाको छो डरे राऐ ,ँ । ती दिनहरुमा मरे ो आखँ ा कहिले पनि सख्ु खा रहेन सँधै रसाई रह्यो सधैं पीडामा छट्पटाएँ । कति पटक सानी छोरीलाई काखमा राखेर उसको अभागलाई गाली गरैँ । विधातालाई पटक पटक गाली गरेँ, प्रश्न सोधेँ किन मलाई ? किन मलाई मात्र किन चुड्यौ मेरो खुशी ? सबैलाई राम्रो सोच्ने, मलाई नै किन ?
रोएँ, कराएँ, चिच्याएँ, तर समाधान शुन्य । जे होस फेरी फलोअपमा गयौं । पिटिस्यानको रिपोर्ट आयो । कता कता नेगेटिभ रिर्पाेट आए पनि हुन्थ्यो भन्ने झिनो आशा लिने गर्थँे । तर आशाको डोरी कल्पना पुरा नहँदैै निराशामा परिणत हुन्थ्यो ।
एकदिनको कुरा हो एक्लै वसिराखेको थिएँ, मेरो मानसपटल पुरानो ईतिहासमा फर्केर गयो । त्यो दिन करीब छ सात वर्षको उमेरमा चावहिलमा बसार्इँ सरेर आएको । अझ बहिनी त जन्मेकै थिईन, भाई म आमा, बाबा दुःखको समय थियो त्यो । बाबा एकजनाको कमाई हामी प्राईभेट स्कुलमा जान्थ्यौं जसरी तसरी चलेकै थियो । एसएलसी दिएपछि सानो तिनो काम गर्दै आफनो खर्च चलाउँदै पढ्न थालँे । अनि करीब २००७ सालतिर अष्टेलियाको सपना वनु रे यहाकँ ो भिसा लाग्यो । परिवार टाडा हदँु ा, त्यो दिन एयरपार्टे छाडे द् ाको पीडा आज पनि याद आउछँ । तर यो पीडासगँ दाज्ने हो भने त्यो फिका लाग्छ । सिडिनी आएर वसके ो सघँ षर्् ासगँ लडद् ा लडद् ै
सनु ीलसगँ भटे भएको र पनु पारिवारीक जीवनको शरुु वात र आजसम्म बिस्र वने सम्मको जीवन यात्रा, पारिवारिक पीडा जिन्दगीका उतार चडावसगँ लडद् ा मलै े कहिले कमजारे ीको महशसु गरिन । तर आज मलाई अत्यन्तै कमजोर वनाएको छ । भौतिक रुपमा त अझ कति कमजोर हुन वाँकी नै छ तर मानसिकरुपमा आज म अत्यन्तै थाकेकी छु । मलाई थाह छैन अव म कता जान्छु । गुगलको युग यो हेर्छु मेरो लाईफ एक्पेन्टेन्सि कति छोटो देखिन्छ । अव त वाँच्ने आशा एक प्रकारले न्युन छ जस्तो भान हुन थाल्यो । आफन्तसँग कुरा गर्दा विचराको पात्र भन्दा केहि हुन सकिन । कता कता मनमा जे त होला आखिर जीवनको यो घडी नै अन्तिम हो भने यो स्टेजमा भावनामा मात्र डुबेर कुनै अर्थ हुने छैन । हिन्दी भाषाको कहावत जस्तो मर्ता क्याना करता भने झैं अव यससँग जुध्नु वाहेक मेरो केहि उपाय छैन । आफूलाई कमजोर वनाएर आत्महत्या गर्नु भन्दा आफूलाई दह््रे वनाएर यससँग जुध्नु वाहेक मैले दोस्र्रो वाटो देखिन । आफूलाई वलियो वनाएर सामाजिक रुपमा उभ्याउन सक्छु भन्ने अठोट गरेर अगाडी वढ्ने निर्णय गरँे । शायद त्यो वेलाको मेरो निर्णय आज ठिक छ जस्तो पनि लाग्छ । किनकी मैले कमजोर ठानेको थिएँ भने आज यो स्टेजमा आई पुग्ने थिईन होला ।
अव उपचारको प्रोसेस शुरु हुने भयो । यो सिलसिलमा मैले यो पटक विकसित र अविकसित देशहरुका विचको फरक अनुभव गर्न मौका पाएँ ।
यो देशमा कयान्सर जस्तो रोगका लागि पनि आर्थिक पाटोमा कुनै सोच्न नपर्ने । मानसिक सन्तुलनका लागि पूर्ण सहयोग पाउने । यस्तो सहयोगले मैले गरेको अठोटलाई अझ टेवा प्रदान गरयो । अत्यन्तै ठुलो आशाको दियो वल्न थाल्यो । मेरा अगाडी योसँग संर्घर्ष गर्नु वाहेक अरु केहि चारा पनि थिएन । किमो सुरु भयो । किमो दिएको एक हप्ता त वास्तवमै मरेको वाँचेको केहि थाहा नुहुने । जिव्रोले केहि स्वाद नपाउने खाना माटो खाएको जस्तो हुने । सुत्न नसक्ने दिनरात पुरा जिउ सियोले घोचे जस्तो गरि दुख्ने । यति दुखाईको पिडा सहनुपर्ने वास्तव मै यसको वर्णन नै गर्न सक्दिन । यहि हरेक पटकको किमो दिने अघिल्लो दिनदेखि डर, त्रास अनि त्यो पीडाले दिक्क नै वनाउँथ्यो । मेरो सुन्दरता अाँखि भांै, कपाल झरेको त्यो त सम्झिन पनि मन छैन । यो पिडाले हाले ा सानो करु ाले पनि रिस उठन् ,े दिक्क लाग्ने यस्तै पीडामा जसाते सो बाहव्र टा किमो सकियो । तर किमोले राम्रो काम नगरेको डाक्टरले तुरुन्तै अपे्रसन गर्नु पर्ने सल्लाह दिए । यहि सुझाव वमोजिम करीब सातदिन भित्र नै अप्रेसन हुने भयो । यति
चाँडो अप्रेसन होला भन्ने सोचेका पनि थिईन अनि म तयार पनि थिईन होला शायद । तर मेरो शरिरको रोग फाल्दैछु तर अफसोच म स्त्रीको त्यो सुन्दरदा पुष्ट वक्ष पनि त फाल्दैछु कुन नारीले चाहाँदो हो यो । तर बाध्यता, मर्नु भन्दा वहुलाउनु निको यहि सोचेर अस्पताल भर्ना भएँ । जति जति अप्रेसनको समय नजिकिँदै थियो त्यति त्यति त्यो पीडाले मन कुटुक्क खान्थ्यो । परिवारमा मेरो अपे्रसन भनेपछि निभी रुन थाली यसको पीडा अर्को, तर अर्काे वाध्यता रोग त फाल्नै थियो । विधातालाई सम्झैँ, नेपालमा भएको
भए कोलो बोको भगवानलाई भाकल गर्थंे होला तर त्यो पनि गर्न सकिन, श्रीमानलाई वेटिड रुमवाट नै भित्र जान दिएन म यसको लागि पनि तयार थिईन तर बाध्यता मन भक्काउँदै भित्र गएँ । त्यसपछि खासै थाहा भएन आँखा खोल्दा सघन कक्षमा पाएँ । केहि दिनको अस्पताल वसाई पछि घर फर्कँे । अहिले यसैको रिकोभरी गर्दैछु । अव रेडियो थेरापीको पालो आएको छ । केहि समयपछि शुरु हुन्छ होला । तर आज यो लामो लडाई जितेको अुनभव हुन थालेको छ । करिव एक वर्षको महायुद्धवाट जितेर आफुलाई अव पुन पुरानै जीवनशैलीमा फर्कने ठूलो आशा लिएकी छु । अवको जीवन खुशीसाथ विताउने योजनामा छु । म शान्तसँग वाँच्न चाहान्छु, । निकै ठूलो संर्घषपछि हिम्मत गरेर जुटाएको मेरो आशालाई निरन्तरता दिंदै मलाई अबको जीवनमा रमेर वाँच्ने मौका देउ विधाता ।